ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिकामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
राङबासबाट तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा दुर्घटना हुँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलका अनुसार ट्रक करिब दुई सय मिटर तल खसेको जनाएको छ ।
