नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा : सांसद प्रदीपकुमार ज्ञवाली

काठमाडौं : एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गर्नुभएको छ ।

ज्ञवालीले भारतबाट दुई/दुई पटक इन्धनको मूल्य घटेर आएको तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको भन्दै संसदमा ध्यानाकर्षण गराएको हो ।

सदनको विशेष समयमा सांसद ज्ञवालीले प्रेटोलियम पदार्थको ३१ रुपैयाँ मूल्य घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको भन्दै “नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा, घाटा हुँदा त्यसको भार उपभोक्तामा, यो कहाँको न्याय हो, ज्ञवालीले प्रश्न गर्नुुभएको थियो ।

उहाँले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति दिलाउन आग्रह गर्नुभयो ।