दोहोरो अंकले बढ्यो नेप्से सूचक, बजारमा सुधारको संकेत

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १०.२७ अंकले बढेको छ । आइतबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ विन्दुमा पुगेको छ ।

पछिल्लो केहि दिनदेखि निरन्तर घट्दो क्रममा रहेको शेयर बजारमा आइतबार पुनः सुधारको संकेत देखिएको हो ।

यस दिन २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर कारोबार भएको छ ।

यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको शेयरमूल्य ६.११ प्रतिशतले बढेको छ ।

आइतबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख, फरवार्ड लघुवित्तको ९ करोड ९२ लाख र एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *