जवराविरूद्धको महाअभियोग प्रस्ताव छलफलका लागि समितिमा पठायो

काठमाडौं : प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा छलफलका लागि पठाएको छ ।

प्रधानन्यायाधीश राणाविरूद्ध सत्तारूढ गठबन्धनका ९८ सांसदले २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

२०७८ साल फागुन २२ प्रतिनिधि सभाले राणा विरूद्धको महाभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।

राणाविरुद्ध महाभियोग दर्ता गर्दा विभिन्न २१ वटा आरोप लगाइएको छ ।

गत फागुनमा संसदले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *