नासु कर्मचारीहरू आन्दोलित , भोली देशभरका नासु कर्मचारी बिदामा बस्ने
काठमाडौं : सिंहदरबारमा कायरत नासु कर्मचारीहरुले पेनडाउन गरेका छन् ।
अर्थ मन्त्रालयले असमान ढंगले उच्च तहको कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै देशैभरका नायव सुब्बा कर्मचारीले पेनडाउन गर्दै मंगलबार बिदामा बस्ने घोषणा गरेका हुन् ।
बजेट घोषणा विपरीत असमान तलब वृद्धिको विरोधमा कर्मचारी आन्दोलित हुनुपरेको नेपाल निजामती कर्मचारी युनियनले जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा बसेको नासु कर्मचारीहरुको भेलाले मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा दिने चेतावनी समेत दिएको छ ।
उनीहरुले नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको मूल्याङ्कन अंकभार राखिनुपर्ने माग राखेका छन् ।
