नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन महानगरपालिकाकाे निर्देशन

काठमाडौं : थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएर बनाएको टहरा हटाउन महानगरपालिकाले निर्देशन दिएका छन् ।

अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन महानगरपालिकाले निर्देशन दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने भनी सूचना जारी गरेका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *