शेयर बजारमा ओरालो कायमै, नेप्से २०६०.७३ बिन्दुमा झर्यो
काठमाडाैं : मंगलबार नेप्से परिसूचक ४५.४२ अंकले घटेको छ ।
यस दिन नेप्से परिसूचक २.१६ प्रतिशतले घटेर २०६०.७३ बिन्दुमा पुगेर बन्द भएको छ ।
सोही दिन २२२ वटा धितोपत्र तथा ऋणपत्रको कारोबारमा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ ।
मंगलबार हिमालयन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । दोस्रोमा गुराँस लघुवित्तको सेयर मूल्य ६.३६ प्रतिशतले बढेको छ ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा गणपति लघुवित्त र घलेम्दी हाइड्रो रहेको छ ।
मंगलबार नागरिक लगानी कोषको सेयर सर्वाधिक खरिद–बिक्रीभएको छ ।