इजरायली सेनाको आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

एजेन्सी : मंगलबार सेनाको आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु भएको छ भने चालीस जना घाइते भएको इजरायली सेनाले जनाएको छ ।

इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाईपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हो ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार ४० प्यालेस्टाइनी घाइते भएका छन् । ती मध्ये चारको अवस्था गम्भीर रहेको छ ।

आतङ्कवादी इब्राहिम अल–नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *