मनोहरा खोला बस्तीमा पस्दा सयौ घर प्रभावित
काठमाडौं : भक्तपुरको मनोहरा खोला बस्तीमा पस्दा सयौ घर प्रभावित बनेको छ । मनोहरा खोलामा आएको बाढीले खोला कटान गरेपछि आसपासका बस्तीमा पसेर सयांै घर प्रभावित बनेको हो ।
मंगलबार राती परेको पानीले खोला बढेपछि बाढी खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
बाढीले चाँगुनारायण नगरपालिका–४ निलोपुल नजिक रहेको बंगुर फर्म बगाएको छ । त्यस्तै वडानम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नागरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ । वडा १ मै रहेको सुकुमबासी बस्तीका ६० घर डुबानमा परेका छन् ।
मध्यपुर थिमीको मनोहरा खोला किनारमा रहेको कृषि फर्म डुवानमा परेको छ । त्यहाँबाट ५०० वटा हाँस, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरिएको छ । एक अर्को फर्मबाट गिरिराज कुखुराका ४५ चल्ला बगाएको प्रहरीले जनाएको छ ।
