उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी (नामावली सहित )

काठमाडौं : उच्च अदालतको रिक्त रहेको २७ न्यायाधीशको आवेदन खुलाइएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् ।

न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।

परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो ।

त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ ।

कूल आवेदन परेकामध्ये दुई सय ५५ पुरुष र १९ महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *