विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘मेराे बाबा’ सार्वजनिक  

काठमाडौं : विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘मेराे बाबा’ गीत सार्वजनिक भएको छ ।

उपाध्यायको बाबा सम्बन्धि लेखिएको मर्मस्पर्शी गीत ‘मेराे बाबा’ को लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतमा हरेक बाबुको सन्तानप्रतिको कत्वर्यबोधलाई प्रस्तुत गरिएको छ र जस्तो सुकै परिस्थितिमा पनि बाबुले आफ्नो कत्वर्यबोधलाई निभाउन लागिरहेको हुन्छ भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।

बाबुल गिरीको स्वर र सङ्गीत रहेको गीतको भिडियोमा शिलन लम्सालनको सम्पादन रहेको छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

हरेक सन्तानले आमालाई मात्र विशेष महत्व दिएको हुन्छ । हामीले बाबुको महत्वलाई कम आक्न हुन्न, त्यतिकै सम्मान गर्नुपर्छ भन्ने हेतुले बाबु सम्बन्धि गीत सार्वजनिक गरेका हौं उपाध्यायले भन्नुभयो ।

गीतकार डा.उपाध्यायको हालैमात्र सामाजिक उपन्यास ‘कसुर’ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *