पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु

महोत्तरी : महोत्तरीको रामगोपालपुरका एक पुरुषले आफ्नी पत्नी र सासूलाई आगो लगाएकोमा पत्नीको मृत्यु भएको छ ।

गत साउन २१ गत रामगोपालपुर नगरपालिका– ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदा राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए ।

शङ्करले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नी प्रमिलादेवी सदाको मृत्यु भएको छ ।

आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिठँ्यु जलेको र पत्नी प्रमिलाको दुवै हात र खुट्टासहित जीउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो ।

उनीहरुको उपचार त्यहाँ सम्भव नभएपछि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो ।

साथै सासू रेश्माको उपचार भइरहेको छ भने घटनामा सम्लग्न शङ्करलाई चार दिनअघि प्रहरीले सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएकोे जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *