सुडानमा बाढीका कारण ७५ जनाको मृत्यु

एजेन्सी : उत्तरी र मध्य सुडानमा केही दिनयतादेखिको भीषण वर्षाका कारण बाढीले ७५ जनाको ज्यान गुमाएको छ ।

लगातार वर्षाले बाढी आएपछि १२ हजार पाँच सय ५१ घर क्षति भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको छ ।

नेशनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै रहेको छ । बाढीमा ३० जना घाइते भएका छन् भने अरु केही मानिसहरुहराइरहेका छन् ।

बाढीले सयौं हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको छ ।