सम्पदा संरक्षणका अभियन्ता याद्दबलालको पहलमा बागबजारको चिभाः द्यः यथास्थानमा स्थापना
काठमाडौं : संपदा संरक्षणका अभियन्ता तथा संयोजक याद्दबलाल कायष्ठको पहल तथा चिभाः द्यः फिर्ता समितिको संयोजनमा चिभाः द्यः बागबजारस्थित यथास्थानमा स्थापना भएको छ ।
२०१८ साल अगाडी हिराकाजी खड्गीले मंड: पुच: को संयोजनमा स्थापना गरेको चिभाः द्यः सडक बिस्तारको क्रममा सडक बिभाग र राष्ट्रिय विकास प्राधिकरणले डोजरले भत्काइ उक्त चिभाः द्यः बिस्थापित गराएर अनामनगर प्रहरी चौकिमा राखिएको थियो दुई वटा चिभाः द्यःमा एक वटा मंड: पुच:को संयोजनमा हिराकाजी खड्गीले फिर्ता ल्याएर स्थापना गरिसकेकोले त्यहाँ ढुङ्गाको चिभाः द्यः बाँकी रहेको थियो ।

तीन वर्ष अगाडी सामाजिक कामको शिलसिलामा याद्दबलाल कायष्ठ अनामनगर प्रहरी चौकिमा पुग्दा उक्त चिभाः द्यःमा चौकीका प्रहरी जवानहरुले चिभाः द्यःको महत्व नबुझी बुट पालिस गरेर सुकाइराखेको हुँदा कायष्ठले बेबारिसे संपदालाई संरक्षणका लागि प्रयास गरे ।
प्रयास प्रयासमै तीन वर्ष बिते । पछि स्थानीय संरक्षणका लागि तयार भई कायष्ठको पहलमा चिभाः द्यः फिर्ता समिति गठन गरी संयोजक राजन खड्गी र सचिव रोजिता खड्गीको संयुक्त प्रयासमा फिर्ता गरिएको हो ।
चिभाः द्यः महानगरको सहयोगमा गुर्जुको पल्टन सहित बग्गीमा राखेर यथास्थानमा पुर्याएका थिए । चिभाः द्यः स्थापनाका लागि स्थानीयले क्रेन भाडा बापत रु१२००० र आसन बनाउन रु३८००० सहयोग गरेका थिए भने अभियानकर्ता सुनिल डंगोलले बिना पारिश्रमिक आसन बनाएका थिए ।
