उपत्यकामा बन्द गराउँदै हिँड्ने १७ पक्राउ, बन्दको प्रभाव न्यून

काठमाडौं : काठमाडौं उपत्यकामा बन्द गराउँदै हिँड्ने १७ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा नेपाल बन्दको घोषणा गरेको थियो । उपत्यकामा बन्दको प्रभाव न्यून देखिएको छ ।

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीसाधनहरु निर्वाधरुपमा आवतजावत गरिरहेका छन् । सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिडेका १७ जनालाई पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *