खप्तड लघुवित्तको प्राथमिक सार्वजनिक (आईपीओ) निष्कासन आजदेखि

काठमाडौं : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन आजदेखि बिक्री खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता सेयरका सर्वसाधारण लागि छुट्याइएको छ ।

लगानीकर्ताले सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने छ ।

आईपीओमा छिटोमा १२ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा २२ भदौसम्म थप हुनेछ ।

हाल २ करोड ६८ लाख चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बाँडफाँटपश्चात चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *