काठमाडौं मल सुन्धारामा पनि चल्यो डोजर

काठमाडौं : काठमाडौं महानगरपालिकाले सुन्धारको काठमाडौं मलमा पनि डोजर चलाएका छन् ।
मलको नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर लगाइर भत्काइएका हुन् ।
महानगरपालिकाका २२ नंबर वडाका अध्यक्ष चिनीकाजी मर्हजनका अनुसार मलको पार्किङको अवस्था हेर्न जाँदा पार्किङ छुट्याएको क्षेत्रमा पनि अनधिकृत रुपमा व्यवसाय गरेको पाइएको र अवैध रुपमा टहरा बनाएको पाएपछि महानगरले भत्काइएको हो ।
प्रहरीले मलका संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो ।
पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।
केही दिनअघि महानगरपालिकाले नयाँ बानेश्वर स्थित अन्डरग्राउण्ड पार्किङमा संचालन गरिएका पसलहरू भत्काएको थियो ।