कुवेत जान हिंडेका ३९ जना महिला विमानस्थलबाटै फिर्ता
काठमाडौं : प्रहरीले कुवेत जान लागेका ३९ जना महिलालाई विमानस्थलबाटै फर्काएका छन् ।
बुधबार जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ति महिलाहरु कुवेत जान लागेका थिए ।
प्रहरीले शंकास्पद कागजातका आधारमा महिलाहरुलाई रोकेको हो ।
उनीहरुलाई विदेश लगेर श्रम भिसा दिलाउने प्रलोभन देखाइएको हुनसक्ने प्रहरीको अनुमान छ ।
कुवेत हुँदै दुबई जाने कुरामा आशंका भएपछि प्रहरीले सोधपुछ गरेको थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही प्रहरीले नै महिलाहरुलाई फर्काएको बताउँछन् ।
