नाइजेरियामा बोको हरामका ५७ जना लडाकु मारिए

एजेन्सी : नाइजेरियाको उत्तरपूर्वी क्षेत्र बोर्नाे र योबेमा भएको हवाई आक्रमणमा कम्तीमा पनि ५७ जना लडाकु मारिएका छन् ।

दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा बोको हरामका ५७ जना लडाकु मारिएको नाइजेरियाका सेनाका प्रवक्ता मुसा दनमादानीले जनाइएको छ ।

लडाकुहरुले बोर्नाे र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाही थालेको थियो ।

त्यस कारबाहीका क्रममा यहाँका एक हजार छ सयभन्दा बढी बोको हरामका लडाकुहरुले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए । उनीहरुले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *