राष्ट्रियसभाले नागरिकता विधेयक विधायन समितिमा पठायो
काठमाडौं : राष्ट्रियसभाले नागरिकता विधेयकलाई छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएका छन् ।
नागरिकता विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको थियो ।
राष्ट्रियसभाको आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यो विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बालाइएको छ ।
