ऋषि पञ्चमी तथा सप्तऋषि पूजा मनाईंदै (फाेटाे फिचर)
काठमाडाैं : भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले सप्तऋषिको पूजा आराधना गरि मनाएका छन् ।
महिलाहरुले ऋषि पञ्चमीका दिन विहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी शरिरमा लगाएर स्नान गर्ने गर्दछन् । यसरी नियम पूर्वक स्नान गरि सप्तऋषिको पूजा आजा गर्नाले सबै प्रकारको दोष मुक्त हुने धार्मिक जनविश्वास रहेको छ ।
आज काठमाडौंको टेकु, पशुपती, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु भक्तजनहरूको भिड लागेका थिए। (फाेटाे फिचर)









