राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरबाट चार सय ४८ खेलाडी छनोट

कञ्चनपुर : नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् ।

जिल्ला खेलकुद विकास समितिले २९ खेलका लागि ती खेलाडी छनोट गरेका हुन् । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने र आगामी राष्ट्रिय प्रतियोगितामा ३१ खेलमा प्रतिस्पर्धाका लागि तयारी गरिने जनाएकाे छ ।

जिल्लाबाट एक सय ९२ महिला र दुई सय ५६ पुरुष खेलाडी छनोट भएका छन् । समितिले छनोटमा परेका खेलाडीलाई दश दिन बन्द प्रशिक्षणमा राख्ने विषयमा गृहकार्य गरिरहेको छ ।

बन्द प्रशिक्षण सञ्जालनका लागि रु दुइदेखि तीन लाख खर्च हुने अनुमान गरिएको छ ।