नवौँ राष्ट्रिय खेलकुदका लागि टेबल टेनिस र स्क्वासका खेलाडी छनोट

गण्डकी : गण्डकी प्रदेशबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासबाट ७ खेलाडी छनोट भएका छन् ।

पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार भएको छनोट खेलबाट ४ पुरुष र ३ महिला छनोट भएको हो ।

छनोटमा परेका पुरुषतर्फ गोरखाका अमृत थापामगर, कास्कीका दीपक थापामगर, स्याङ्जाका नवराज थापा र वैकल्पिक खेलाडीका रुपमा कास्कीका हिराकाजी श्रेष्ठ रहेका छन् भने महिलातर्फ कृष्ण थापामगर (गोरखा), सृशिका उदास र करिश्मा ओली (कास्की) छनोट भएका छन्।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा लमजुङ, मुस्ताङ र मनाङबाहेक आठ जिल्लाबाट २६ पुरुष र सात महिलाले प्रतिस्पर्धा गरेका थिए।

टेबल टेनिसतर्फ गण्डकी प्रदेशबाट १० खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट स्याङ्जाका बुद्धिमान गुरुङ, बागलुङका समीर खत्री, कास्कीका किसन जिसी, लमजुङका प्रितम गुरुङ र पर्वतका प्रतीककुमार राना छनोट भएका छन् भने महिलातर्फ कास्कीका मुना थापा, पर्वतका प्रकृति थापामगर, लमजुङका शुभेच्छा अधिकारी, कास्कीका तृषा गुरुङ र बागलुङका सचिना पुरी छानिएका छन्।

नवलपुरबाहेक प्रदेशका १० जिल्लाबाट ८५ खेलाडी छनोट खेलमा सहभागी थिए। छनोटमा परेका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदबाट मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । आगामी असोज २८ गतदेखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेल भइरहेका छन् ।