चोरेको विमान उडाएर दुर्घटना गर्ने धम्की दिने चालक पक्राउ

एजेन्सी : चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ ।

सहरको वालमार्ट स्टोरमा ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नरले जानकारी दिएका हुन् ।

घण्टौंसम्म उडाइएको बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएको र पाइलटको पहिचान वा उद्देश्यको बारेमा कुनै जानकारी नरहेको बताइएको छ ।

उक्त चालक टुपेलो क्षेत्रीय विमानस्थलका कर्मचारी रहेको स्थानीय पत्रिकाले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *