एसिया कप क्रिकेटः भारत र पाकिस्तान भिड्दै

काठमाडौं : एसिया कप क्रिकेट सुपर–४ मा आइतबार प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

दोस्रो पटक एक अर्काविरुद्ध मैदानमा उत्रन लागेका यी २ टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ८ दिनको अन्तरालमा नेपाली समय अनुसार पौने ८ बजे हुन लागेको हो ।

गत अगष्ट २८ मा भएको खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । २०१८ को एसिया कप खेलमा पनि भारत र पकिस्तान बीच दुई पटक एक अर्कासँग खेलेका थिए । दुवै खेलमा भारत विजयी भएको थियो ।