बडादसैँका लागि हवाई टिकट बुकिङ गर्नेकाे भिड

काठमाडाैं : बडादसैँ नजिकिदै गर्दा गाउँघर जान देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्न यात्रुहरुको हवाई टिकट बुकिङमा भिडभाड देखिएको छ ।

दसैँ आउन करिब तीन साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ शुरु भइरहेको हो । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले धमाधम बुकिङ भइरहेको र धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताउनु भएको छ ।

सामान्यतया दसैँ आउन एक महिना अघिदेखि मात्र हवाई टिकट खुलाइन्छ भने यसपटक ३ साताअघि मात्रै टिकट बुकिङ खोलिएको हो ।

नजिकिदै गरेको दसैँलाई मध्यनजर गर्दै अहिले हवाई सेवा प्रदायक कम्पनीले धमाधम अग्रिम टिकट बुकिङ गरिरहेका छन् । उहाँका अनुसार कम्पनीको अनलाइनबाट मात्रै ८० प्रतिशत बुकिङ भइसकेको छ ।

तुलनात्मक रुपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले टिकट केही महँगो भए पनि अधिकांश बुकिङ भइरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *