सरकारको ध्यान सिडियो सरुवामा, चुनावको सम्मुखमा काठमाडौँका सिडियोलाई मन्त्रालयमा तानियो

काठमाडौँ । निर्वाचनको माहोल ताति रहेका बेला गठबन्धन सरकारले चुनावलाई नै प्रभावित पार्ने गरी एक दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीको (सिडियो) को सरुवा गरेको छ । प्राप्त जानकारी अनुसार काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएको छ । उहाँको ठाउँमा ललितपुरका प्रजिअ घनश्याम उपाध्यायलाई ल्याइएको छ । उपाध्यक्षका ठाउँमा भने कास्कीका जयनारायण आचार्यलाई ल्याइएको छ ।

काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएको छ । उहाँको ठाउँमा ललितपुरका प्रजिअ घनश्याम उपाध्यायलाई ल्याइएको छ । उपाध्यक्षका ठाउँमा भने कास्कीका जयनारायण आचार्यलाई ल्याइएको छ ।

कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको । दैलेखका हरि प्याकुरेल बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनु हुनेछ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ । उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिनु भएको छ भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई पठाइएको छ ।
पाँचथरका प्रजिअ सुरेश न्यौपाने मन्त्रालय तानिएको छ । पाँचथरका प्रजिअमा गणेश गैरेलाई जिम्मेवारी दिइएको छ । सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअमा पठाइएको छ ।