अभिनेता नाजिर ट्रान्सजेन्डरको भूमिकामा
काठमाडौं : नेपाली चलचित्रका अभिनेता नाजीर हुसेन फिल्म ‘गुलाबी’ मा ट्रान्सजेन्डरको भूमिकामा देखिने भएका छन् ।
नौलो प्रस्तुतीकरणमा देखिन लागेका नाजीर यस फिल्ममा ट्रान्सजेन्डरको भूमिकामा देखिन लागेका हुन् ।
कास्कीको धम्पुसमा केही दिनअघिदेखि मात्र उक्त फिल्मको छायांकन भइरहेको छ ।
नाजीर यस चलचित्रका लागि करिब ३ महिनादेखि प्रशिक्षणमा रहेको बताउँछन् ।
भद्र भुजेल एसोसिएट निर्देशित चलचित्रमा संचिता लुईँटेल, नाजीर हुसेन, सुशील सिटौला, विशाल पहाडी, अनुपम श्रेष्ठ , सुक्मित तामाङ , राजा घोषलगायतका कलाकारकाे अभिनय रहनेछ ।
मुख्य कथानै ट्रान्सजेन्डर बनाएको फिल्म समुन्द्र भट्टले ८ बर्षअघि प्रेम कथानक फिल्म ‘आधा पेज’ बाट निर्देशकका रुपमा डेब्यु गरेकी थिइन् ।
उनको निर्देशनमा बन्न लागेका योे दोस्रो फिल्म हो ।