‘येंया पुन्ही’ अर्थात इन्द्रजात्राको छैठौं दिन आज
काठमाडौं : ‘येंया पुन्ही’ अर्थात इन्द्रजात्राको आज छैठौं दिन हो ।
आज आश्विनकृष्ण दुतियाको दिन कुमारीको रथ तान्ने कार्य हुँदैन । वि.सं २०४६ सालभन्दा अघि यही दिन हल्चोक आकाश भैरवलाई हनुमानढोकाको नासः चुकमा राँगा चढाउने गरिन्थ्यो ।
उक्त राँगोलाई आकाश भैरवले आफ्नो खड्गले हानी मार्ने चलन थियो अहिले यो चलन हराइसकेको छ ।
यस दिन पनि लाखे, पुलुकिसि, सवःभक्कु, महाकाली नाच, दशअवतार देखाउने कार्यहरु भने चलिरहेकै हुन्छ ।