नेपाली गीति फिल्मको ट्रेलर सार्वजनिक

काठमाडौंः नेपाली गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर आज सार्वजनिक भएको छ ।

जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्नेबारे जनचेतना फैलाउन यो चलचित्र ल्याउन लागिएको हो ।

एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथा समेत ट्रेलरमा समेटिएको छ ।

अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य भूमिका रहेको उक्त फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुलगायतको अभिनय रहेको छ ।

६ वटा लोकगीतमा आधारित रहेको यो फिल्ममा गीत लेखन निर्माता मणि नेपाली पनेरुले गर्नुभएको छ ।

फिल्मका गीतहरूमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुनलगायतका गायक–गायिकाहरुको स्वर छ ।

नेपालमा सार्वजनिक प्रदर्शन अगाडि फिल्मलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गर्ने योजना रहेको निर्देशक पाण्डेले बताए ।