फुटपाथ व्यवसायीले घेरे महानरपालिका

काठमाडौंः महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गरेका छन् ।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा ओर्लिन परेको संघले जनाएको छ ।

साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भई भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा घेराउ गर्न पुगेका थिए ।

महानगरविरुद्ध निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्।