दसैंका लागि ‘ह्याप्पी दसैं २’ गीत सार्वजनिक
काठमाडाैं : दसैं नजिकिदैं गर्दा दसैं सम्बन्धि गीत ‘ह्याप्पी दसैं २’ सार्वजनिक भएकाे छ ।
गीतकार सन्तोष पन्तकाे शब्द रहेकाे गीतमा पन्तकै संगीत रहेको छ । गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् ।
सुनिल परियारको संगीत संयोजन रहेको गीतले गाउँ – घरकाे समसामयिक बिषयबस्तुलाई जोडेको छ । गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुष्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाललगायतको अभिनय छ ।
मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन छ ।