सिट बाँडफाँटमा भएन सहमति, गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं, ६ असोज । गठबन्धनको पटक पटककाे बैठकबाट सिट बाँडफाँटमा सहमति नभएपछि सत्तारुढ दलहरुको बैठक आज पनि बस्ने भएको छ ।

सिट बाँडफाँटमा सहमति नभएपछि सत्तारुढ दलका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक आज बोलाइएको हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट छाेड्न तयार नभएपछि सहमति हुन सकेकाे छैन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *