गायिका शशि पुन देशारको ‘सिमानै काटेर’ सार्वजनिक

काठमाडौं, ६ असाेज । गायिका शशि पुन देशारको गीत ‘सिमानै काटेर’ सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारीको बाध्यता र विछोडको पीडाको वास्ताविक घटनालाई गायिका देशारले गीत मार्फत पस्कने प्रयास गर्नुभएकाे छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुर जिल्ला समितिकी महिला उपाध्यक्ष समेत रहनुभएकी गायिका तथा मोडल देशारको आफ्नै लय, शब्द र स्वरमा सजिएको गीत सिमाना काटेर बजारमा आएको हो ।
गायिका देशारले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गर्नुभएकाे हाे ।
मिराज अर्यालकाे छायांकन तथा सम्पादन, मनोज खड्काको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीतका निर्माता नरेश देशार हुन् भने गीत रीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हाे ।