कञ्चनपुरका वडा–वडामा लागुऔषध सम्वन्धि सचेतना कार्यक्रम

महेन्द्रनगर, ७ असोज । कञ्चनपुरका विभिन्न वडा–वडामा लागुऔषध सम्वन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले कञ्चनपुरमा लागुपदार्थ खैरो हिरोइनले जरा गाडेको विषय उजागर गर्दै विभिन्न वडा–वडामा लागुऔषध सम्वन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएकाे बताउनुभएकाे छ ।

उहाँले जिल्लाभर प्रहरी सक्रिय गराएर झण्डै डेढ सयलाई कानुनी कारवाहीका दायरामा समेत ल्याउनुभएकाे छ । कञ्चनपुर भारतका चार जिल्लासित सीमा जोडिएको जिल्ला हो ।

वडास्तरसम्म सचेतना कक्षा सञ्चालन गरिरहेका प्रमुख चौधरीले सामुदायिक प्रहरीमार्फत पनि स्कूल र समुदायस्तरमा लागुऔषधबाट बच्न र न्यूनीकरणका लागि सक्रिय बनाएका छन् ।

सामाजिक सञ्जाल दुरुपयोग, अभिभावक सन्ततिप्रति गम्भीर नदेखिन, पारिवारिक कलह र लागुऔषध पाउने बजार नजिक हुँदा कञ्चनपुर लागुऔषधको फन्दामा छ ।”

उहाँले कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीमध्ये ४५ प्रतिशत लागुऔषध मुद्दाका अभियुक्त र दोषी रहेको जानकारी दिनुभयो । मुद्दाको रेकर्डले पनि यसको भयाभहको अवस्था देखाउँछ ।

कारागारका रहेका चार सय २६ कैदीबन्दीमध्ये एक सय ५६ लागुऔषधसम्बकन्धी मुद्दाका रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी मातहतका मुद्दा चल्ने युनिटमा पनि लागुऔषध मुद्दाकै चाप बढी छ । लागुऔषधको लत र कारोबारमा १८ देखि ३० वर्षभित्रका युवायुवती छन् ।

उहाँले लागुऔषधकै लतमा परेको व्यक्तिले चोरी, लुटपाट, बलात्कारदेखि हत्या हिंसाजस्ता सामाजिक अपराधमा केन्द्रित हुने गरेको बताउनुभयो ।

सवारी दुर्घटना पनि लागुऔषध र मादकपदार्थ सेवनकै कारण बढी हुने गरेको देखिन्छ ।” उहाँले भन्नुभयो, “समृद्ध समाज बनाउन सडकलगायतका पूर्वाधार बनाएर मात्रै हुँदैन, युवा शक्तिलाई नराम्रा लतमा जान नदनि पनि सबैको भूमिका आवश्यक छ ।”

त्यसैगरी धूमपान नियन्त्रणका अभियन्ता मदन चन्दले युवालाई लागुऔषधको कुलतबाट बचाउन अभिभावक बढी जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले स्थानीय सरकारले पनि लागुऔषध नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।