अस्पतालले ओपीडी टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने

काठमाडौं, १० असार । नेपाल सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

छुट लिन विद्यार्थीले सम्वन्धित विद्यालयकाे परिचयपत्र देखाउनुपर्नेछ ।

मन्त्रालयले काठमाडौं उपत्यकाभित्र र बाहिरका सरकारी अस्पतालहरु, प्रदेश अस्पताल तथा सबै स्थानीय तहहरुलाई परिपत्र गरेर यही असोज ९ गते भएको मन्त्रस्तरको निर्णय कार्यान्वयन गर्न भनेको छ ।