मुटुको हेरचाहमा हेलचक्रयाँइ नगर्न चिकित्सकको सुझाव
काठमाडौं, १३ असोज । मानवीय रहनसहन तथा खानपान र आधुनिक जीवनशैलीका कारण मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ । नेपाललगायत विकासोन्मुख देशमा मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
मुटु रोगीलाई सरकारले उपचारमा रु एक लाखसम्म छुट दिने गरेको छ । धेरैले नियमित मुटु परीक्षण नै गर्दैनन् । मुटु परीक्षण गर्ने धेरैलाई सरकारले उपलब्ध गराउने सो रकमबारे जानकारी नै छैन ।
खानपान, व्यस्त जीवनशैली, तनाव, रहनसहन नै मुटु रोगको प्रमुख कारण भएको डाक्टरको भनाइ छ । तारेको, भुटेको, चिल्लो मात्रा बढी भएको र मादकपदार्थ तथा धूमपान गर्दा यो रोग लाग्ने बढी खतरा हुने गरेको छ । नियमित ब्यायाम, स्वस्थकर खाना र तनाव कम हुने हो भने मुटु रोग लाग्नबाट जोगिन सकिने मुटुरोग विशेषज्ञहरु बताउनु हुन्छ।