विराटनगर पुगेर ओलीले भन्नुभयो– ‘एमालेमा १० बुँदे छैन’

केपी शर्मा ओली

विराटनगर, १४ असोज । नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमनत्री केपी शर्मा ओलीले एमाले लौरो टेकेर हिड्ने पार्टी नभएको बताउनु भएको छ । सप्तरीमा हुने कार्यक्रममा सहभागी हुन् विराटनगर आइपुग्नु भएका ओलीले शनिवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा यस्तो बताउनु भएको हो । ‘एमाले त्यान्द्राको सहारा लिएर अघि बढ्दैन,’ उहाँले भन्नुभयो, ‘एमालेले आगामी निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्दैन । तर, स्थानीय आवश्यताका आधारमा तालमेल हुनसक्छ ।’

उहाँले एमालेका १० बुँदेहरुलाई टिकट नदिने हल्ला छ नि ? भन्ने प्रश्नमा एमालेभित्र १० भाई नरहेको बताउनुभयो । ‘तत्कालीन समयमा माधव नेपाल र आफूबिच सहमति भएको तर उनले हस्ताक्षर नगरेका कारण त्यो १० बुँदेको कुनै अर्थ छैन,’ उहाँले भन्नुभयो, ‘तत्कालीन समयमा आफूलाई साथ दिएका र नदिएका सबैले टिकट पाउने–नपाउने फाइनल भएको छैन । त्यसैले यो कुरा अहिले त्यति सान्दर्भिक छैन् ।’ १० भाइले टिकट पाउछन् भनेर समाचार लेख्दा भयो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भन्नुभयो– ‘म खुसी छु ।’