इन्डोनेसियामा भएको फुटबल खेलपछिकाे हिंसा र भागदौडमा १२९ जनाको मृत्यु

एजेन्सी, १६ असाेज । इन्डोनेसियामा भएकाे फुटबल खेलपछिकाे हिंसा र भागदौडमा १ सय २९ जनाको मृत्यु भएको छ भने हिंसामा १ सय ८० जना घाइते भएको गार्जियनले जनाएको छ ।

इन्डोनेसियाको शीर्ष डिभिजनको लिग वान फुटबल अन्तर्गत अरेमा र पर्सेबाया सुराबायाबीचको खेलपछि उक्त हिंसा भएको थियो ।

डिभिजन खेलकाे अन्तिममा अरेमा ३-२ ले पराजित भएपछि समर्थकहरु एक अर्कामा हिंसात्मक गतिविधिमा उत्रिएका थिए ।

त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै हिंसा नियन्त्रण गर्ने क्रममा भागदौड मच्चिएकाे थियो ।

भागदौड पछि ३४ जनाको घटनास्थल कन्जुरुहान रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो ।

घटनापछि लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ ।