वामपन्थी किल्ला झापाका चारवटै क्षेत्रमा एमाले बलियो, यस्तो छ लेखाजोखा

मोहन बास्तोला

झापा, २४ असोज । वामपन्थीहरुको किल्लाका रुपमा परिचित झापामा ६ लाख ४६ हजार २ सय ३४ मतदातारहेका छन् । पाँच निर्वाचन क्षेत्र रहेको झापामा यो पटक एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल र कांग्रेसकै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासम्म चुनावी मैदानमा ओर्लिएकाले झापाको चुनावी माहोेल रोचक बन्ने देखिएको छ ।

१५ वटा पालिका रहेको झापामा आगामी मंसिर ४ मा हुने निर्वाचनको पूर्वानुमान गर्नुअघि २०७४ सालको संघीय निर्वाचनको तथ्याङ्कलाई हेर्ने हो भने पाँच मध्ये चार ओटा निर्वाचन क्षेत्रमा वामपन्थी दल विजयी भएका थिए । एक निर्वाचन क्षेत्रमा राप्रपाका राजेन्द्र लिङ्देल एमालेसहितको समर्थनमा विजयी हुनुभएको थियो । चार क्षेत्रमा वामपन्थी दल विजयी भएका थिए । नेकपा विभाजनपछि क्षेत्र नम्बर–१ बाट विजयी सुरेन्द्रकुमार कार्की अहिले नेकपा माओवादीमा हुनुहुन्छ ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा यो पटक एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल र कांग्रेसकै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासम्म चुनावी मैदानमा ओर्लिएकाले झापाको चुनावी माहोेल रोचक बन्ने देखिएको छ

यो तथ्याङ्कलाई हेर्दा अहिले पनि एमाले झापामा बलियो देखिएको छ । क्षेत्र नम्बर १ मा एमालेसहितको समर्थनमा ३६ हजार १ सय ७३ मत ल्याएर विजयी कार्की विजयी हुँदा कांग्रेसका विश्वप्रकाश शर्मा ३३ हजार ३ सय १० मतसहित दोस्रो हुनुभएको थियो । विगतदेखि नै एमालेको किल्लाको रुपमा रहेको यो क्षेत्रमा यस पटक एमालेबाट अग्नी खरेल उम्मेदवार हुनुहुन्छ । कांग्रेसबाट शर्मा नै उम्मेदवार बन्नुभएको छ ।

संघको चर्चामा रहनु भएका पूर्व सांसद रविन कोइराला भने प्रदेशको उम्मेदवार बन्नुभएको छ । एक नगरपालिका मेचीनगर र एक पालिका बुद्धशान्ति रहेको यो क्षेत्रमा स्थानीय तहको निर्वाचनको परिणाम हेर्ने हो भने पनि एमालेको बलियो सम्भावना देखिन्छ । केही महिना अघि सम्पन्न स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकामा एमालेका गोपाल बुढाथोकी २६ हजार ४ सय ७८ मतसहित विजयी हुँदा कांग्रेसका इन्द्र बहादुर बुढाथोकी २१ हजार ३ सय ११ मतसहित दोस्रो हुनुभएको थियो । त्यस्तै बुद्धशान्ति गाउँपालिकामा काँग्रेसका मनोज प्रसाई विजयी हुनुभएको थियो ।

उहाँले ११ हजार ४ सय ३ ल्याउँदा एमालेका मिरा भूर्तेलले ८ हजार ३ सय २ ल्याउनु भएको थियो । वैशाख ३० को स्थानीय तह निर्वाचनको लेखाजोखा गर्ने हो भने यो क्षेत्रका एमालेका डाध्यक्षका उम्मेदवारहरूले ३१ हजार २ सय ३२ मत ल्याउँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २४ हजार ५९ ल्याएका छन् । गठबन्धनकै अन्य दलहरू माओवादी ३ हजार ९ सय ५ र नेकपा एसले १ हजार २ सय ५२ मत पाएका छन् । गठबन्धनका दलको जोडफल २९ हजार २ सय १६ हुन्छ । तेस्रो शक्तिका रुपमा रहेको राप्रपाका वडाध्यक्षका उम्मेदवारले पाएको ५ हजार ९ सय २२ मत एमालेमा थपिदा एमालेको मत ३७ हजार माथि हुन्छ । यो भनेको एकमा एमालेका लागि सहज जित हो । यद्यपि उम्मेदवार छनोटको सन्दर्भले सामान्य तलमाथि पार्ने सम्भावना भने देखिन्छ ।

झापा क्षेत्र नम्बर–२ मा ०७४ को निर्वाचनमा संघबाट एमालेकी पवित्रा खरेल (निरौला) ४५ हजार ८ सय १७ मतसहित विजयी हुनुभएको थियो भने काँग्रेसका उद्धव थापा ३२ हजार ५० मतसहित दोस्रो हुनुभएको थियो । यो क्षेत्र पनि एमालेको पकट क्षेत्रका रुपमा परिचित छ । स्थानीय तह निर्वाचनको लेखाजोखा गर्दा यो क्षेत्रमा एमाले वडाध्यक्षका उम्मेदवारहरूले ३६ हजार ३ सय ९६ मत ल्याएका थिए । दोस्रो दल कांग्रेसका उम्मेदवारहरूले ३२ हजार ६ सय ७२, माओवादी केन्द्रका उम्मेदवारहरूले २ हजार ४ सय ३७, जसपाका उम्मेदवारहरूले ५०६ र नेकपा एसका उम्मेदवारहरूले १ सय ७३ मत ल्याएका थिए । यो सबै जोड्दा गठबन्धनको ३५ हजार ७ सय ८८ हुन्छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रबाट ९ हजार ५ सय ३१ मत पाएका छन् । दुबै जोड्दा यो क्षेत्रमा एमाले–राप्रपाको भोट करीब ४६ हजार हुन्छ । त्यसकारण यो क्षेत्रमा पनि एमालेलाई जितका लागि सहज देखिन्छ ।

त्यसो त १५ बटा पालिका मध्ये ६ वटा पालिकामा एमाले झापामा विजयी भएको थियो भने ७ ओटा पालिकामा दोस्रो स्थानमा छ । यसरी हेर्दा लोकप्रिय मतमा स्थानीय तहमा पनि एमाले नै अघि देखिएको छ । यो भनेको आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि एमालेका लागि झापा थप सहज देखिन्छ । यो क्षेत्रबाट एमालेले स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ

त्यसो त १५ बटा पालिका मध्ये ६ वटा पालिकामा एमाले झापामा विजयी भएको थियो भने ७ ओटा पालिकामा दोस्रो स्थानमा छ । यसरी हेर्दा लोकप्रिय मतमा स्थानीय तहमा पनि एमाले नै अघि देखिएको छ । यो भनेको आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि एमालेका लागि झापा थप सहज देखिन्छ । यो क्षेत्रबाट एमालेले स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट हरि राना उम्मेदवार बन्नुभएको छ ।

झापा क्षेत्र नम्बर ३ बाट अघिल्लो निर्वाचनमा एमालेकै समर्थनमा लिङ्देलले ४४ हजार ६ सय १४ मत ल्याएर विजयी हुनुभएको थियो । त्यहि क्षेत्रबाट कांग्रेसका कृष्णप्रसाद सिटौला ३१ हजार १ सय ७१ मतसहित दोस्रो बन्नुभएको थियो । यो पटक गठबन्धनबाट सिटौला नै यो क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ भने एमालेको समर्थनमा लिङ्देल नै उम्मेदवार बन्नुभएको छ । यो क्षेत्रमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २५ हजार ९ सय ४९ मत ल्याएका छन् । राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले २१ हजार १ सय ५९ मत ल्याएका छन् । यो क्षेत्रमा एमालेको २१ हजार ८५ मत छ । माओवादीको ६ हजार ६ सय ८८ मत छ । यो क्षेत्रमा एमाले र राप्रपाको मत जोड्दा ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १ सय ८६ मात्रै ।

झापा क्षेत्र नम्बर–४ मा ०७४ को निर्वाचनमा लालप्रसाद साँवा लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याएर विजयी हुँदा कांग्रेसका देउकुमार थेबे २६ हजार ८ सय २२ मतसहित दोस्रो हुनुभएको थियो । यो पटक यो क्षेत्रबाट एमालेबाट लिम्बू नै उम्मेदवार बन्नुभएको छ । कांग्रेसले झापा ४ बाट थेबेलाई उम्मेदवार बनाएको छ । स्थानीय तहको निर्वाचनको तथ्याङ्कलाई हेर्दा यो क्षेत्रबाट एमालेका उम्मेदवारहरूले ३१ हजार २ सय ७२ मत ल्याउँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २८ हजार १ सय ६५ मत ल्याएका थिए । यो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ३ सय ८२ मत छ ।

स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ४१ हजार ६ सय १९ मत ल्याएको थियो । यो क्षेत्रमा कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७ सय ८८ र नेकपा एसको १ हजार ९ सय ८८ मत छ । यो क्षेत्रमा राप्रपाको ८ हजार ३ सय ५३ मत छ । यो मतलाई आधार मान्दा पनि एमाले अध्यक्ष ओलीले यो क्षेत्रबाट भारीमतले जित्ने सम्भावना छ

राप्रपाका उम्मेदवारले ४ हजार ५ सय ५६ मत पाएका छन् । यहाँ पनि एमाले र राप्रपाको मत जोड्दा एमाले नै बलियो देखिन्छ । अझ त्यसमा पनि साँवा यो क्षेत्रका लागि लोकप्रिय भएका कारण उहाँको जित निश्चित जस्तै छ ।

झापा क्षेत्र नम्बर–५ पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । उहाँले अघिल्लो निर्वाचनमा ५७ हजार १ सय ३९ मतसहित विजयी हाता पार्दा कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत मात्रै पाउनु भएको थियो ।

यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ४१ हजार ६ सय १९ मत ल्याएको थियो । यो क्षेत्रमा कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७ सय ८८ र नेकपा एसको १ हजार ९ सय ८८ मत छ । यो क्षेत्रमा राप्रपाको ८ हजार ३ सय ५३ मत छ । यो मतलाई आधार मान्दा पनि एमाले अध्यक्ष ओलीले यो क्षेत्रबाट भारीमतले जित्ने सम्भावना छ । यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसका खगेन्द्र अधिकारी नै उम्मेदवार हुनुहुन्छ ।

१५ वटा पालिका रहेको झापामा ०७९ को स्थानीय तह निर्वाचनमा एमाले पहिलो भएका पालिका

गौरादह नगरपालिका

कन्काई नगरपालिका

शिवसताक्षि नगरपालिका

झापा गाउँपालिका

विर्तामोड नगरपालिका

अर्जुनधारा नगरपालिकामा

मेचीनगर नगरपालिका

दोस्रो भएका पालिका

दमक नगरपालिकामा

कमल गाउँपालिका

गौरीगञ्ज गाउँपालिका

हल्दीवारी गाउँपालिका

भद्रपुर नगरपालिकामा

बुद्धशान्ति गाउँपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *