गोलीको निसाना छलेका एलपीको आत्मविश्वास ‘सात कारणले म झापा ४ बाट विजयी हुन्छु’

काठमाडौँ, २७ असोज । लालप्रसाद साँवा लिम्बू अहिले नेकपा (एमाले)को तर्फबाट झापा क्षेत्र नम्बर ४ को उम्मेदवार हुनुहुन्छ । झापा क्षेत्र नम्बर–४ मा ०७४ को निर्वाचनमा लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याएर विजयी हुनुभएको थियो । त्यो बेला कांग्रेसका देउकुमार थेबे २६ हजार ८ सय २२ मतसहित दोस्रो हुनुभएको थियो । यो पटक पनि यहि क्षेत्रबाट एमालेले लिम्बू नै उम्मेदवार बनाएको छ भने कांग्रेसले झापा थेबेलाई उम्मेदवार बनाएको छ ।

लिम्बू अहिले दोस्रो जितको प्रतिक्षामा हुनुहुन्छ भने थेपे जित फर्काउने अभियानमा । धरानको हात्तीसार क्याम्पसमा अध्ययनका लागि प्रवेश गर्दा लाहुरे परिवारका साँवाको सोँच डाक्टर बन्ने थियो । पछि त्यहि क्याम्पसको स्ववियु सभापति बनेपछि राजनीतितर्फ बढी झुकाव भएका साँवा काठमाडौँको अमृत साइन्स कलेजमा साइन्स पढ्न थालेपछि डाक्टरको बाटो छाडेर राजनीतिको बाटोमा लाग्नुभयो ।

विद्यार्थी राजनीतिसँगै व्यवसायमा होमिनु भएका सावाँ पछि व्यवसायी बन्नुभयो । करीब १० वर्ष वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा लाग्नु भएका उहाँले व्यवसायीहरुको छाता संगठन बैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नु भयो । त्यसपछि पूर्णकालिन राजनीतिमा होमिनु भएका सावाँ पहिलो प्रयासमा झापाबाट सांसद बन्न सक्नु भएन । दोस्रो पटक जित निकाल्नु भएका उहाँ यो पटक जसरी पनि जित निकाल्ने तयारीमा हुनुहुन्छ । ‘मैले १० वर्ष व्यवसाय गरेँ । त्यसपछि मेरो इच्छाले विदा लिएँ,’ उहाँले भन्नुभयो, ‘सांसद पद पनि १० वर्ष भन्दा बढी खाने मेरो चाहना छैन । पहिलो पाँच वर्ष विताए अब जितेपछि पाँच वर्ष ।’

‘चुनाव जितेपछि वा हारेपछि जनतासँग नेताको सम्बन्ध हुँदैन भन्ने आरोप छ,’ उहाँले भन्नुभयो, ‘पहिलो पटक हारेपछि म पाँच वर्ष जनताका बिचमा बसेर काम गरेँ । दोस्रो पटक विजयी भए । विजयी भएपछि मैले जनतासँग सांसद कार्यक्रम चलाएर जनताको घरदैलोसम्म निरन्तर पुग्ने योजना अघि सारेँ ।’

चुनाव जित्नेमा ढुक्क जस्तै देखिनु भएका साँवाले जितका केही आधार पनि प्रस्तुत गर्नुभयो । ‘चुनाव जितेपछि वा हारेपछि जनतासँग नेताको सम्बन्ध हुँदैन भन्ने आरोप छ,’ उहाँले भन्नुभयो, ‘पहिलो पटक हारेपछि म पाँच वर्ष जनताका बिचमा बसेर काम गरेँ । दोस्रो पटक विजयी भए । विजयी भएपछि मैले जनतासँग सांसद कार्यक्रम चलाएर जनताको घरदैलोसम्म निरन्तर पुग्ने योजना अघि सारेँ ।’

उहाँले वितेका पाँच वर्ष झापाली जनताको घरदैलोमै रहेको भन्दै यो पटक पनि विजयी हुनेमा आफू पूर्ण आशावादी रहेको बताउनुभयो । ‘मलाई मार्न एक वर्षसम्मको योजना बनाएर गोली प्रहार म सवार गाडीमा प्वाल परेको र गोलीको निसाना छलिएपछि बाँचको व्यक्ति हुँ,’ उहाँले व्यवसायमा रहेका बेला मृत्युलाई नजिकबाट देखेको इतिहास कोट्याउँदै भन्नुभयो, ‘यो नाफाको जीन्दगी जनताको सेवामा लगाउने उदेश्यका साथ राजनीतिमा होमिएको छु । म जनताकै विचमा हुन्छु ।’

उहाँले डाक्टर बन्न हिँडेको लाहुेको छोरो अहिले राजनीतिमा रहेको भन्दै झापाली जनताको मुहारमा मुस्कान छर्न सके आफ्नो सफलता त्यहि हुने बताउनुभयो । ‘मेरो कामको मूल्याङ्कन गरेर पार्टीको क्षेत्रीय कमिटीले सिफारिस गरेर पठायो । त्यसलाई जिल्ला, प्रदेश र केन्द्रले पनि सदर गरेर मलाई उम्मेदवार बनयो,’ उहाँले भन्नुभयो, ‘मेरो पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ४ मा खटिरहने एलपी फेरि चाहिन्छ भनेर टिकट दिनुभयो । म अहिले उहाँहरु सबैको विश्वास जित्ने गरी चुनावी अभियानमा सक्रिय छु ।’

उहाँले मैत्रीन्युजसँग कुराकानी गर्दै आफूले झापाबाट जित्ने केही आधार पनि प्रस्तुत गर्नुभयो । पहिलो आधार उहाँले अघिल्लो निर्वाचनमा ल्याएको मत परिणामलाई प्रस्तुत गर्नुभयो । दोस्रो स्थानीय तहको निर्वाचनको तथ्याङ्कलाई । उहाँले भने जस्तो स्थानीय तहको तथ्याङ्कलाई हेर्दा यो क्षेत्रबाट एमालेका उम्मेदवारहरूले ३१ हजार २ सय ७२ मत ल्याउँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २८ हजार १ सय ६५ मत ल्याएका थिए । यो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ३ सय ८२ मत छ ।
राप्रपाका उम्मेदवारले ४ हजार ५ सय ५६ मत पाएका छन् । यहाँ पनि एमाले र राप्रपाको मत जोड्दा एमाले नै बलियो देखिन्छ । अझ त्यसमा पनि साँवा यो क्षेत्रका लागि लोकप्रिय भएका कारण उहाँको त्यो तर्क तथ्य नजिक देखिन्छ ।

‘तेस्रो कारण एमालेले लिएर राष्ट्रियताको एजेण्डा हो,’ उहाँले भन्नुभयो, ‘त्यहि नीति अनुसार मेरो क्षेत्रमा मात्रै हुलाकी राजमार्गको काम २९ किलोमिटर सम्पन्न भएको छ । यो मार्ग झापा दक्षिणी भेगका जनताका लागि यो लाइफलाइन बनेको छ । यो विकासले दक्षिणी भेगका जनता उत्साहित छन् । यो कस्ले गरेको भन्दा एमालेको पालामा एलपी साँवाको पहलमा भयो भन्ने प्रष्ट छ ।’

उहाँले अन्य आधारमा एमालेको राष्ट्रिय एजेण्डा र आफू सांसद भएपछि भएको त्यहाँको विकासलाई देखाउनु भएको छ । ‘तेस्रो कारण एमालेले लिएर राष्ट्रियताको एजेण्डा हो,’ उहाँले भन्नुभयो, ‘त्यहि नीति अनुसार मेरो क्षेत्रमा मात्रै हुलाकी राजमार्गको काम २९ किलोमिटर सम्पन्न भएको छ । यो मार्ग झापा दक्षिणी भेगका जनताका लागि यो लाइफलाइन बनेको छ । यो विकासले दक्षिणी भेगका जनता उत्साहित छन् । यो कस्ले गरेको भन्दा एमालेको पालामा एलपी साँवाको पहलमा भयो भन्ने प्रष्ट छ ।’
उहाँले चौथो कारणमा आफ्नो क्षेत्रका जनताको प्रत्यक्ष आँखाले देखेको विकासलाई लिनुभएको छ ।

‘मेरो क्षेत्रका जनतालाई एलपीले गर्ने रहेछ भन्ने विश्वास जागेको छ,’ उहाँले भन्नुभयो, ‘मेरो क्षेत्रका उत्तर–दक्षिणका सडक २७ किलोमिटर कालोपत्रे गरेका छौँ अर्थात महाभारादेखि महेन्द्रराजमार्गसम्म विस्तार मेरै पालामा भएको छ । त्यो पनि मेरो क्षेत्रका जनताले प्रत्यक्ष देखेका छन् ।’ ती सडक ओली प्रधामन्त्री शेरधन राई मुख्यमन्त्री र आफू सांसद भएका बेला भएको उल्लेख गर्नुभयो । अन्य सडक विस्तारका काममा पनि निरन्तर लागेको उहाँको भनाई छ । उहाँले पाँचौँ आधार नदी नियन्त्रणका क्षेत्रमा गरेको कामलाई लिनु भयो । ‘नदी नियन्त्रणका सन्दर्भमा मेरो पालामा धेरै काम भएका छन्,’ उहाँले भन्नुभयो, ‘कन्काई, विरिङ, सताक्षी, कमल खोला जस्ता धेरै नदी छन् । यसको तटबन्धनका नीम्ति हामीले धेरै गरेका छौँ । यो त्यहाँका जनताले प्रत्यक्ष देखेका छन् ।

‘हामीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम एमालेका पालामा लागुभयो । त्यसलाई प्रभावकारी ढंगले झापा क्षेत्र नम्बर ४ मा लागु गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘अहिले धेरै विद्यालयमा यो कार्यक्रम प्रभावकारी ढंगले लागु भएको छ । दुईकोठे, चारकोठे भवन, विद्यालय कम्पाउण्ड बनाउने, विज्ञान–प्रविधि ल्याब स्थापना गर्ने, विद्यालय भवनको स्तरोन्नति गर्ने जस्ता काम भएका छन् ।’

छैटौँ आधार आफ्नो क्षेत्रमा गरेको शैक्षिक गुणस्तरको कामलाई दिनुभयो । ‘हामीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम एमालेका पालामा लागुभयो । त्यसलाई प्रभावकारी ढंगले झापा क्षेत्र नम्बर ४ मा लागु गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘अहिले धेरै विद्यालयमा यो कार्यक्रम प्रभावकारी ढंगले लागु भएको छ । दुईकोठे, चारकोठे भवन, विद्यालय कम्पाउण्ड बनाउने, विज्ञान–प्रविधि ल्याब स्थापना गर्ने, विद्यालय भवनको स्तरोन्नति गर्ने जस्ता काम भएका छन् ।’ उहाँले आफ्नो क्षेत्रमा ३ वटा नमूना विद्यालय सञ्चालन गरेको पनि जानकारी दिनुभयो ।

। उहाँले झापामा एलपी साँवा मात्रै होइन एमाले जिताउनु पर्ने भन्दै सातौँ आधारलाई धार्मिक तथा पर्यटकीय र स्वास्थ्य क्षेत्रमा गरेको विकासलाई दिनुभयो । एमाले सरकारका पालामा गरेको विकासलाई आधार मान्नु पर्ने भन्दै ओली सरकारका पालामा आफ्नो क्षेत्रमा शिवसातक्षी, टाँगनडुवा र कन्काइमा गरी ३ वटा पालिका स्तरीय अस्पताल निर्माणको चरणमा रहेको पनि बताउनुभयो ।