राससका श्रमजीवी पत्रकारको रोजगारी सुनिश्चिताका गर्न पेशागत संगठनको माग, हटाए महासंघले नेतृत्व गर्ने

काठमाडौँ, २७ असोज । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न नेपाल पत्रकार महासंघ लगायत पेशागत संघसंगठनले माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संचारग्राममा आज बसेको सयुक्त बैठकले राससमा कार्यरत २२ श्रमजीवि पत्रकारलाई कुनै पनि वहानामा हटाइएको खण्डमा महासंघकै नेतृत्वमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकारसम्वद्ध संघ÷संगठनहरुसहित असोज २७ गतेदेखि संयुक्त आन्दोलनमा जाने निर्णय गरेको छ । बैठकले प्रतिष्ठानस्तरीय संघर्ष समितिद्धारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने महासंघलगायत सबै संघ÷संगठनहरुको सशक्त उपस्थितिसहित आन्दोलनलाई अझ प्रभावकारी बनाउने गरी संयुक्त परिचालन समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघलगायत संघसंगठनको संयुक्त बैठकले राससमा कार्यरत २२ जना पत्रकारको रोजगारी सुनिश्चितता गर्न जोडदार माग गरेको छ । संघर्ष समितिले रासस कार्यालयमा असोज २८ गते आयोजना गर्ने धर्ना कार्यक्रममा ऐक्यबद्धता र सहभागिता रहने पनि निर्णय गरेको छ । बैठकमा सहभागि उनीहरुले त्यहाँ कार्यरत रहेका पत्रकारले मात्र लडाइ लडेर समस्या समाधान नहुने भन्दै सवै संगठनले धर्ना र आन्दोलन गरेर रोजगारी सुनिश्चित गर्नुपर्ने भनााई राखे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले राससका श्रमजीवि पत्रकारको बिषयमा महासंघले अगुवाई नै गर्ने बताउनुभयो।

उहाँले पत्रकारको धर्ना तालाबन्दीका कार्यक्रम महासंघको अगुवाईमा हुने बताउनुभयो । भोलि संघर्ष समितिबाट ऐक्वद्धता जनाउने र पर्सिबाट नेपाल पत्रकार महासंघले धर्ना, आन्दोलन र तालाबन्दी गर्ने उहाँले बताउनुभयो। समाजवादी प्रेस संगठन कार्यवहाक अध्यक्ष विश्वमणि सुवेदीले तत्काल राससका पत्रकारलाई व्यवस्थापन गरि विनियमावली संशोधन गरेर दिर्घकालिन समस्या समाधान गर्नुपर्ने  बताउनुभयो ।

उहाँले सवै संगठन धर्ना र आन्दोलन गरेर ति २२ जना श्रमजीवि पत्रकारलाई हटाउन दिन नहुने बताउनुभयो । ‘निजी संचारगृहलाई त हामीले पत्रकारलाई रोजगारीबाट हटाउन दिएनौ । सरकार संचारमाध्यमबाट हामी पत्रकारलाई धर्ना आन्दोलन गरेर हटाउन दिदैनौँ,’ उहाँले भन्नुभयो, ‘राज्यलाई धर्ना र आन्दोलन जस्ता कार्यक्रम गरेर दबाब दिएर रोजगारी खोस्ने कार्य गर्न दिनुहुदैन ।’ नेपाल प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले हटाउन खोजे सवै संगसंगठन मिलेर आन्दोलन गर्ने बताउनुभयो । उपत्यका प्रतिष्ठान प्रदेश समिति नेपाल पत्रकार महासंघका उपाध्यक्ष वीरेन्द्र ओलीले श्रमजीवि पत्रकार ऐन अनुसार कोही पनि पत्रकारलाई निकाल्न नपाइने भन्दै रातदिन धर्ना दिएर राससका २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्न थालेका पत्रकारको पुर्नवहाली गरिने बताउनुभयो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा बलप्रयोगका आन्दोलन गरेर भएपनि ति पत्रकारको रोजगारी गुम्न नदिने बताउनुभयो । समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले पत्रकारलाई हटाउन नहुने र आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्ने बताउनुभयो । श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले सरकारी संचारमाध्यमले श्रमजीवि पत्रकारलाई हटाउने कार्यको घोरभत्र्सना गर्दै राससमा कार्यरत रहेका पत्रकारलाई हटाउन नहुने बताउनुभयो

। प्रेस चौतारी नेपालका प्रतिष्ठान इन्चार्ज मोहन बास्तोला श्रमजीवि पत्रकारलाई हटाउने कार्यको विरोध गर्दै श्रमजीवि पत्रकारलाई हटाउन नपाइने बताउनुभयो । प्रत्येक तीन–तीन महिनामा हुने नविकरण पनि अहिले यहि असोज मसान्तसम्म मात्र गरिएको छ । श्रमजीवि पत्रकारलाई हटाउने नियत राखेर अध्यक्ष झाले १६ दिनका लागि मात्र नयाँ नियुक्ती पत्रकारलाई इमेल मार्फत पठाएका छन् । यसरी ति २२ जना पत्रकारलाई हटाउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *