पाेखरामा हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज

कास्की, २८ असाेज । कास्कीकाे पाेखरामा हुन गइरहेकाे नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे आजबाट औपचारिक रुपमा शुरु हुँदैछ ।

नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दकिशोर पुनले अपराह्न ४ बजे पोखरा रंगशालामा विशेष समारोहका बीच उद्घाटन गर्नुहुनेछ ।

उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ खेलाडी सहभागी हुँदैछन् ।

उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्नुहुनेछ भने उद्घाटन समारोहमा मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *