डेंगुले थप २ जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो

काठमाडौं, २८ असाेज । डेंगु संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक दिनमा एक हजार ७८७ जना डेंगु संक्रमित थपिएका छन् भने कुल मृतकको संख्या ४७ पुगेको छ।

यससँगै कूल संक्रमतिको संख्या ३८ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डेङ्गुको संक्रमण हाल ७७ जिल्लामै फैलिसकेको मन्त्रालयले जनाएकाे छ ।