ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चारजनाको मृत्यु
ताप्लेजुङ, २ कार्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्याक्टर भएकाे छ । ट्याक्टर दुर्घटनामा परी चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।
५५५६ नम्बरको ट्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।
अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना घरतर्फ फर्किने क्रममा थिए ।