नेपाली चलचित्र ‘प्रसाद २’मा केकी अनुबन्धित
काठमाडाैं, ४ कात्तिक । नेपाली चलचित्र ‘प्रसाद २’ का लागि केकी अधिकारी अनुबन्धित भएकी छन् । फाइनलनिर्माण युनिटले अभिनेत्रीको रुपमा मुख्य भुमिकाको लागि केकीलाई अनुबन्धित गरेको हो ।
अभिनेता विपिन कार्की र निर्माण युनिटका लफडाको कारण केही अगाडि फिल्मको छायांकन रोकिएको थियो । अभिनेत्री नम्रता श्रेष्ठको स्थानमा केही फाइनल भएको निर्माण युनिटले जनाएको छ ।
त्यसपछि नम्रताले नभ्याउने भन्दै फिल्म छोडेकी थिइन् । सोही कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन । केकी भित्रिएसँगै फिल्मको काम अगाडि बढ्ने भएको छ । फिल्मको छायांकन अव मंसिरबाट सुरु हुनेछ ।