आदिवासी जनजातिसँग एमाले अध्यक्ष ओली प्रत्यक्ष संवादमा

काठमाडौँ, ४ कात्तिक । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको आदिवासी जनजातिसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कार्यक्रम अहिले राजधानीको राष्ट्रियसभा गृहमा सञ्चालन भैरहेको छ । आदिवासी जनतातिको हकहित, अधिकार सुनिश्चित गर्न र आफ्नो राष्ट्रिय जीवनको मूलप्रवाहमा ल्याउनका लागि नेकपा (एमाले)ले कस्तो भूमिका खेलेको छ भनेर त्यसबारे जानकारी दिने उदेश्यले आयोजना गरिएको सो कार्यक्रममा सहभागी हुन् अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थलमा पुग्नु भएको छ ।

ओली एमाले मुख्यालय च्यासलमा नागरिकसँग प्रत्यक्ष टेलिफोन संवादपछि ओली सिधै कार्यक्रम स्थलमा पुग्नु भएको हो । अध्यक्ष ओलीले विभिन्न जिल्ला र जातीय घटक संगठनहरुसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्नुहुने छ ।

महासंघका इञ्चार्ज तथा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्तीले पनि आदिवासी जनतातिको हकहित, अधिकार सुनिश्चित गर्न र आफ्नो राष्ट्रिय जीवनको मूलप्रवाहमा ल्याउनका लागि नेकपा (एमाले)ले कस्तो भूमिका खेलेको छ भनेर त्यसबारे जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।