चालु आवकाे तीन महिनामा ३ अर्ब ४० करोडको मकै आयात

काठमाडौं, १५ कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा नेपालले ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको मकै आयात गरेको छ । मकै आयात पहिलाे वर्षकाे तुलनामा गिरावट आएको हाे ।

भन्सार विभागकाअनुसार गत आवको समीक्षा अवधिको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले कम हो । गत वर्ष असोजसम्म ५ अर्ब ६४ करोड ४४ लाख ९९ हजार रुपैयाँको मकै आयात भएको थियो ।

विभागकाअनुसार ३ महिनामा ८ करोड २१ लाख १३ हजार किलो मकै नेपाल भित्रिएको छ । गत वर्ष यसै अवधिमा मकैको आयात परिमाण १६ करोड १८ लाख किलो थियो ।

यस वर्षकाे चालु आवमा ११ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरको ३ लाख ४४ हजार किलो मकैको बिउ आयात भएको छ भने ३ अर्ब २८ करोड ४९ लाख ७२ हजार रुपैयाँको ८ करोड १७ लाख किलो अन्य प्रकारका मकै नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *