राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्यान्ड भ्रमणमा जानुहुँदै

काठमाडौं, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्यान्ड भ्रमणमा जाँदै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीसहित १७ जना प्रतिनिधिमण्डलको टोली आज साँझ ६ बजे आइसल्यान्ड प्रस्थान गर्न लाग्नुभएकाे हाे ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम तय भएकाे छ । उक्त अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो । जसलाई मन्त्रिपरिषदले त्यतिबेलै स्वीकृत गर्नुभएकाे थियाे ।

सो कार्यक्रम सकेर राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कनुहुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *