९ वर्षीय बालकको आगो ताप्ने क्रममा मृत्यु

तनहुँ, २४ कात्तिक । आगो ताप्ने क्रममा तनहुँमा ९ वर्षीय बालकको मृत्यु भएको छ ।

भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको आगो ताप्ने क्रममा मृत्यु भएको हो ।

भान्साकाे चुल्हाेमा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको प्रहरीले जनाएको छ ।

२१ गते भएको घटनाबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाएकाे छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *